काभ्रेका संचारकर्मी सम्मानित

काभ्रेपलान्चोक/ साहित्यिक संस्था शब्दयात्रा प्रकाशनले काभ्रेका तिन संचारकर्मीलाइ सम्मान गरेको छ।

शुक्रबार बनेपामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइराला, फोटो पत्रकार महसंघका बागमती प्रदेश अध्यक्ष केशबराज पौडेल तथा जिल्लाका अग्रज पत्रकार प्रल्हाद शर्मा हुमागाईं ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१’ ले सम्मानित भएका हुन् ।

सम्मानित संचारकर्मीहरुलाई नेपाल सँस्कृत विश्व विद्यालयका पूर्व उपकूलपति प्रा. डा कुलप्रसाद कोइराला, नेपाल फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र हरिगोपाल प्रधानले संयुक्त रुपमा कदरपत्रले सम्मान गर्नुभयो ।

कार्यक्रममा विविध पुस्तक एवं साहित्य संग्रहको विमोचन गर्नुका साथै सामाजिक क्षेत्रमा बिशेष योगदान दिनेलाई सम्मान गरिएको थियो। सो अवसरमा जेहेन्दार बिधार्थी रोशनी खत्री र अनिशा खत्रीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments