सरकारले चाडै एआइ नीति ल्याउने : संचारमन्त्री गुरुङ

काभ्रेपलान्चोक । सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तिव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रविधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।

उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउन नीति, परिवर्तन र कानुन परिवर्तन गर्नुपर्नेछ भने यी काम सम्पन्न भएपछि त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्कका लागि नीति, रणनीति, कानुन बनाएर फ्रेमवर्कभित्रका विभिन्न आठवटा क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले मंसिर महिनाभित्र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को नीति र रणनीति ल्याउने तयारी गरिरहेको बताउनुभयो । एआईको नीति र रणनीति आएपछि सरकारले यसको कानुन बनाउने काम गर्नेछ, पछिल्लो समय एआईको प्रयोग बढेको पाइन्छ, यसका लागि ठाउँ–ठाउँमा ज्ञान केन्द्र बनाउनुपर्ने जरुरी देखिन्छ, ज्ञान केन्द्र निर्माणका लागि सहयोगी देश खोज्नुपर्छ’ मन्त्री गुरुङले थप्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा. भोला थापाले विश्वविद्यालयले सूचना प्रविधिको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले सूचना प्रबिधिको विकासबाट मुलुकको समृद्धि ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्राडा. मनीष पोखरेलले सूचना प्रविधिको बिकास र यसको सम्भाव्यताको बारेमा भनाइ राख्नुभएको थियो ।

सूचना, प्रविधिलाई पेशाको रुपमा अँगाल्ने युवा तथा विद्यार्थीलाई एउटै मञ्चमा ल्याई उहाँहरुसँग रहेको ज्ञान, सीपको आदानप्रदान, सहकार्य र नवप्रवर्तनका अवसरहरुको सिर्जना गर्न सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक क्लबले जनाएको छ । मेलामा रोबो वार, रोवर्ट फुटबललगायत रोबोर्टका रोचक प्रदर्शनीका साथै विद्यार्थीहरुले तयार गरेका परियोजनाको प्रदर्शनी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news