नमोबुद्ध नगरपालिकाको उल्लेख्य काम

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित ससम्मान बिदाई

काभ्रेपलान्चोक / उमेर हदका कारण सेवा निवृत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नमोबुद्ध नगरपालिकाले नगदसहित ससम्मान बिदाई गरेको छ ।

स्वास्थ्य क्षेत्रमा उनीहरुले पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाले जनही २० हजार रुपैयाँको दरले नगदसहित सम्मान गरेको हो ।

उनीहरुसहित नगरपालिकाको ११ वटै वडामा कार्यरत ८२ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई नगरपालिकाले सम्मान गरेको छ ।

सम्मानित स्वंयमसेविकालाई नगरपालिकाले व्याग, छाता, टर्चलाइट, टोपी लगायतका सामाग्री प्रदान गरेको छ ।

पूर्वमन्त्री रहेका वाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले उनीहरुलाई सम्मान गरेका थिए । सम्मानपछि बोल्दै पूर्वमन्त्री लामाले महिला स्वंयमसेविकाको योगदानको सबैले कदर गर्नुपर्ने भन्दै नगरपालिकाले गरेको कामको प्रशंसा गरे ।

उनले स्वंयमसेविकालाई थप सेवा सुविधाको लागि प्रदेश सरकारमार्फत पहल गर्ने बताए । प्रदेश सरकारले निवृत हुने महिला स्वास्थ्य स्वंयमसेविकालाई २० हजार रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले स्वंयमसेविकाले गरेको योगदानको कदर स्वरुप नगरपालिकाले नगद सहित सम्मान गरेको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य स्वंयमसेविकाले सुविधा भन्दा बढी सेवा गरेको भन्दै उनीहरुको निस्वार्थ भावनाको कदर गर्नुपर्ने बताए ।

नमोबुद्ध नगर उपप्रमुख रत्नबहादुर लामाले स्वयमसेविकाको लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य शाखा संयोजक सुनिल के.सी. लगायतले महिला स्वास्थ्य स्वंयमसेविकाको योगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments