काठमाडौँ / स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो ।
ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित