काभ्रेपलान्चोक / बागमती प्रदेशकै उत्कृष्ट मानिएको एवं काभ्रेपलान्चोकको ठुलो बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को ३० औं साधारणसभा शनिबार पनौतीमा सम्पन्न भयो।
पनौतीमा मुख्यालय रहेको सामुदायिक साकोसको काभ्रेपलान्चोक सहित काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र सिन्धुलीका १८ सेवाकेन्द्र मार्फत सदस्य एवं बचतकर्तालाइ सेवा दिइरहेको संस्थाले आज सबै केन्द्रको साधारणसभा सम्पन्न गरेको हो।
सहकारी विभागको साधारणसभा संचालन कार्यविधिअनुसार संस्थाको एकैपटक सातवटा एकाइको मात्र साधारणसभा संचालन गर्न पाउने व्यवस्था भएकाले सामुदायिकले आज एकैपटक सात वटा एकाइको साधारणसभा गरेको हो। साठी हजार सदस्य रहेको सामुदायिक सकोसको साधारण सभामा प्रस्तुत वार्षिक प्रतिबेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पास भएको छ।
संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षता र पनौती नगपालिकाका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकारहरु, वडा अध्यक्षहरु दिपकप्रसाद दाहाल, बेदप्रसाद बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, निर्वाचन समिति संयोजक एवं सहकारीकर्मी इन्द्रप्रसाद अधिकारी, शम्भुलाल श्रेष्ठ, नेफ्सकुनका गणेशप्रसाद तिमल्सिनालगायतले सामुदायिक सहकारीले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा शुभकामना दिएका थिए ।
६ अरब १४ करोड रुपैँया पूँजी रहेको सो सहकारीले १ सय ३३ कर्मचारीलाइ रोजगारी दिइरहेको छ भने यस वर्षका लागी २४ जना जनशक्ति थप गर्ने योजना रहेको सभाका अवसरमा जानकारी दिइयो ।
सदस्य संख्या, संस्थाको पूंजी, रोजगारी र राज्यलाई बुझाउने करमा समेत नमूना भन्दै आएको सामुदायिकले एक वर्षमा ४ करोड ४९ लाख ६६ हजार ३ सय ८१ रुपैया कर बुझाएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले लाहाछापलाई बताए ।
विभिन्न समयमा सानाठुला गरि झन्डै डेढ दर्जन प्रारम्भिक सहकारी संस्थालाई एकीकरण (मर्जर) गर्दै ठुलो बनाइएको संस्थाको अध्यक्षता प्रकाश बन्जाराले गरेका थिए। ३ कार्यकाल संचालक र २ कार्यकाल पदाधिकारी रहन पाउने प्रावधान अनुसार बन्जाराको कार्यकाल यसै पटकबाट सकिएको छ।
बिधानतः नेतृत्व समेत चयन गर्नपर्ने यो साधारणसभा सबैका लागि चासोको विषय स्वाभाविक थियो। निर्वाचनमै जान सक्ने अड्कलबाजी गरिएको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३० औं साधारणसभामा सर्वसम्मत रुपमा आफ्ना सञ्चालक समितिकाे चयन गरेकोहो ।
करिब ६० हजार सदस्य र ६ अर्ब रुपैँया पुँजी रहेको सामुदायिक सहकारी संस्थाको ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मुकुन्द शर्मा वाग्ले र्विरोध निर्वाचित भए। त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर, उपाध्यक्षमा भवानी थापा निर्विरोध भएकी छिन् भने सचिवमा सरोजकुमार तिमल्सिना र कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् ।
संचालक सदस्यमा विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल, भैरवप्रसाद सेढाई, कौशलराज खड्का र भीमप्रसाद बन्जारा निर्विरोध निर्वाचित भए भने महिला सदस्यमा संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की निर्वाचित भएका छन् ।
साथै (दलित तथा जनजाती) मा सुम्मिता नेपाली, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ रहेका छन् । उम्मेद्वारी नपरेको महिला सदस्य पछि संचालक समितिले मनोनित गर्ने बताइएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित