आभाष साकोसले मनायो १५ औं वार्षिकोत्सव

काभ्रेपलान्चोक/ बनेपा स्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरि वार्षिक उत्सव मनाएको छ।

सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसर परेर रक्तदान लगायत सामाजिक क्रियाकलाप गरेको आभाषले शनिबार बनेपामा जेष्ठ नागरिक तथा उत्कृष्ट कारोबार गर्ने सदस्यको सम्मान गरेको छ।

पन्ध्र वर्षमा करिब ६ हजार सदस्य आवद्ध गराएको आभाषले उत्कृष्ट कारोबार गर्ने रामेश्वर कर्माचार्य र उत्कृष्ट जेष्ठ सदस्य नारायण प्रसाद वैद्यलाई सम्मान गरेको छ। कार्यक्रममा संस्थामा आवद्द २ सय ३ जना जेष्ठ सदस्यलाइ सम्मान गरिएको छ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैध तथा सहकारीका अध्यक्ष ग्रुबेन तौजले द्वारा दोसल्ला, सम्मानपत्रले अभिनन्दित भए भने जेष्ठ नागरिकलाइ तातोपानी तताउने जग र खानेकुरा उपलब्ध गराइएको छ ।

स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेको आभाष सहकारीका प्रमुख प्रबन्धक सुभाष वैद्यले जानकारी दिए।

सहकारीमा पारदर्शिता र समन्वय उत्तिकै जरुरी छ : उपाध्यक्ष वैद्य


नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण वैद्यले सहकारी संस्थामा हुने कारोबारमा पारदर्शिता अत्यन्त जरुरि रहेको बताएका छन्।

आफ्ना सदस्यलाइ आपत विपद पर्दा माया गर्ने र सुख दुखको सहयात्री बन्नेनै सहकारीको मूलमन्त्र हो, त्यसबाट नचुक्न जुनसुकै सहकारी संस्थाले बिधि, अनुसाशन र पद्दतिमा अडिग रहन जरुरि रहेको उनले बताए।

पछिल्लो समय सहकारीमा समस्या बढ्दै गरेको दृष्टान्तलाइ ख्याल गर्दै सदस्यहरुमा संस्थागत सम्पर्क र सम्बन्ध निकै महत्वपूर्ण रहेकाले निरन्तर समन्वय गर्ने र संस्थाका सबै क्रियाकलाप बारे सदस्यलाइ जानकारी गराउन अल्छि नगर्न वैद्यले सुझाव दिए।

संस्थामा अग्रजलाइ सम्मान र भावी पुस्तालाइ प्रोत्साहन गर्न सकेमात्र माया र हौशला प्रदान हुने र संस्थागत अपनत्व हुने उनको तर्क थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments