काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कनुहुने उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उहाँले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
सो भेटवार्ता छन्दुमा नै भएको थियो । सो अवसरमा उहाँहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनुहुनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित