केयूले गर्यो साधक सम्मान


काभ्रेपलाञ्चोक / धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज एक कार्यक्रमकाबीच नौ जना साधक–स्रष्टाको सम्मान गरिएको छ । केयूको समन्वय तथा सञ्चार महाशाखाले विसं २००७ सालअघि काभ्रेपलाञ्चोकमा जन्मिएर हालसम्म साधनारत उहाँहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मूर्तिकार ठाकुरप्रसाद मैनाली, गीतकार किरण खरेल, चलचित्रकर्मी यादव खरेल, महाकाव्यकार रमेश खकुरेल, कवि वंशी श्रेष्ठ, बाल साहित्यकार कन्हैया नासननी, ललित कलाकार केके कर्माचार्य, साहित्यिक पत्रकार मोहन दुवाल र गायक मच्छेश्वर सापकोटा हुनुहुन्छ ।

उहाँहरूलाई विश्वविद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा, उपकुलकुलपति डा भोला थापा तथा रजिष्ट्रार डा अच्युत वाग्लेले संयुक्तरूपमा दोसल्ला ओडाएर सम्मान पत्रसहितका सामग्री प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शर्माले सम्मानित व्यक्तित्वको योगदानको चर्चा गर्दै जिल्लाको मात्र नभई देशकै प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित रहनुभएको उल्लेख गर्दै शिक्षा कहिल्यै नमर्ने र कहिल्यै नसकिने ज्ञान भएकाले आआफ्नो स्थानबाट देश र समाजलाई सुसूचित गराउन उल्लेख्य भूमिका खलेको बताउनुभयो ।

उपकुलकुलपति थापाले सबै क्षेत्रमा रहेर योगदान पुर्‍याउनेलाई विश्वविद्यालयले निरन्तर सम्मान गर्ने बताउनुभयो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments