काभ्रे उपत्यका एकीकृत खानेपानी

बाढीपहिरोबाट क्षति भएको खानेपानी आयोजनामा सघाउन दाता एशियाली विकास बैंकलाई आग्रह

काठमाडौं/ गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई पुनः सञ्चालनका लागि दाता एशियाली विकास बैंकलाई अनुरोध गरिएको छ ।

काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आज बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसलाई भेटेर अनुरोध पत्र हस्तान्तरण गरेका हुन् ।

बैंकका कन्ट्री अपरेसन्स हेड अर्नाउड हेक्म्यानसमेतको उपस्थितिमा बुझाएको पत्रमा असोज १०-१३ सम्मको बाढीपहिरोको कारण आयोजनामा २१ करोड ८० लाख रुपैंया बराबरको क्षति भएको उल्लेख छ ।

भेटघाटलगत्तै अध्यक्ष ब्याञ्जुले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘समस्याको जानकारी गराइयो । यो आयोजनाको सहयोग गर्ने वचन प्राप्त भएको छ । साथै पुनर्निर्माण कार्यलाई सहयोग गर्ने डिपिआर तयार गरिदिने र पुनर्निर्माण कार्यमा आर्थिक सहयोग पुर्याउने बचन प्राप्त भयो।’

आयोजनाका लागि ५० प्रतिशत ऋण व्यहोर्ने ऋणदाता एशियाली विकास बैंकले निर्माणमा ढिलाई हुँदै जाँदा २०१९ डिसेम्बर अन्तिमबाट हात झिकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments