पश्चिमी वायुको सामान्य प्रभाव

आज पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । 

यस्तै, दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत रहेको महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments