कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनित

निर्वाचित कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ पार्टी केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको नेपाली कांग्रेस जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

कोषाध्यक्षका मुख्य दाबेदारहरुमा ज्ञानेन्द्रबहादुर कार्की, अर्बपति विनोद चौधरी र सुनिलबहादुर थापाको चर्चा थियो ।

कांग्रेसले १४औँ महाधिवेशन सकिएको ३ वर्षपछि कोषाध्यक्ष मनोनीत गरेको हो ।

सभापति एउटा र कोषाध्यक्ष अर्को टीमबाट जितेपछि पार्टीको कोष सञ्चालन गर्न कठिनाइ भएपछि यो पदमा मनोनीत गर्ने गरी विधान संशोधन गरिएको थियो । १३ औं सम्म निर्वाचित हुने कोषाध्यक्ष १४ औं महाधिवेशनदेखि मनोनीत बनाइएको थियो । 

१३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित हुँदा तत्कालीन संस्थापनबाट सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । यादव अर्कै समूहबाट जितेपछि कोष चलाउने विषयमा विवाद भएको थियो । 

निर्वाचित कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठ २०७९ सालमा भएको निर्वाचनमा चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए । रवि ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । 

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments