काठमाडौं/ राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको अनलाइन इनरोलमेन्ट सेवा ठप्प भएको छ ।
अनलाइनमार्फत राहदानी सेवा सञ्चालन गरिरहेको विभाग सर्भरसँग जोडिएको कम्प्युटरमा भाइरस आक्रमण भएपछि तनावमा परेको जनाइएको छ ।
विभागका अनुसार जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतबाट फाराम भर्ने र केन्द्रको सिस्टमसँग जोडिएको सर्भरमा पठाउने स्थानीय कम्प्युटरमार्फत भाइरस आक्रमण भएको हो ।
सर्भरसँग जोडिएका कम्प्युटर र सफ्टवेयरमा भाइरस आक्रमण हुँदा त्यो सर्भरमार्फत फैलिएको खण्डमा राहदानीको एकीकृत प्रणाली नै बन्द हुन सक्ने आँकलन गरिएको छ ।
सकेसम्म छिटो सेवा सञ्चालन गर्न उच्चस्तरकै प्रयास भइरहेको विभाग
ले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित