काठमाडौँ / सरकारले नेपाल प्रहरीको जनपदतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको २ जनाको पदस्थापन गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डिआइजीबाट एआईजीमा बढुवा गर्दै बुद्धिराज गुरुङलाई कार्य विभागमा र केदार ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरेको हो ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रदेश समन्य विभागमा कार्यरत थिए ।
गुरुङको पदस्थापन भएको कार्य विभागका प्रमुख एआईजी रामदत्त जोशीको अनिवार्य अवकाश भएसँगै उक्त विभागको प्रमुखको पद रिक्त रहेको थियो भने प्रदेश समन्वय विभागमा पनि एआईजीकी श्यामलाल ज्ञवालीको अनिवार्य अवकाश भएसँगै ढकालले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित