क्यान महासंघ काभ्रेमा २० वर्षपछि पहिलो पटक महिला नेतृत्व

बनेपा/ क्यान महासंघ काभ्रेको २०औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनले एडभान्स कम्प्युटरकी सञ्चालिका देवकी आचार्य दुलाल कार्यसमितिको अध्यक्षमा चयन भएकी छिन् ।

यस्तै, सोही अधिवेशनले उपाध्यक्षद्वयमा रुकेश राजभण्डारी र रीता श्रेष्ठ, सचिवमा केवलप्रसाद तिमल्सिना, कोषाध्यक्षमा श्याम गोपाल श्रेष्ठ र सहसचिवमा राजेश केसीलाई चयन गरेको छ । कार्यसमितिमा निवर्तमान अध्यक्ष रामचन्द्र न्यौपाने रहेका छन् ।

यसैगरी, सदस्यहरुमा विनिता गिरी, विवेक तिमल्सिना, बुद्धलक्ष्मी मानन्धर, मिलन सापकोटा, दिपेश तिमल्सिना, अबोध भुषण खो‌‍जु श्रेष्ठ, श्रवण कुमार आचार्य र रबिन मानन्धर रहेका छन् ।

निवर्तमान अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सूचना प्रबिधिको प्रयोग र विकासको लागि समाजमा पुर्याउनु पर्ने बिभिन्न खालको दायित्त्व पुरा गरेको बताउँदै नयाँ कार्यसमितिलाई कार्यभार सुम्पन पाएकोमा खुशी व्यक्त गरेका छन् ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले आफुहरुजस्तो पहिलो पुस्ता सूचना प्रविधिको लाभ लिन नसकेको दृष्टान्त दिँदै नयाँ पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउन सहयो गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments