काभ्रेपलाञ्चोक/संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।
पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय मङ्गलबार हस्तान्तरण गरेको हो ।
सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गर्नुभयो । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।
नगरमा चार सय ५३ प्रतिपरिवारलाई रु १५ हजार तथा तीन सय ९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ ।
अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताउनुभयो ।
सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ ।
युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित