काठमाडौँ / सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।
निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।
प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।
यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै पक्राउ परेका थिए।
उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित