काभ्रेपलाञ्चोकका रमेश धिताल प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा चुनिए

टोरण्टो (क्यानडा) / प्रवासी नेपाली मञ्च क्यानडाको कार्य समिति सर्वसम्मत चयन भएको छ ।

अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति यसरी चयन भएको हो । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिए ।

२५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन ईन्चार्ज प्रभुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला बिभाग सदस्य कुन्ती थाा र बिभाग उपप्रमुख जानकी कार्कीले शुभकामना दिएका थिए ।

अधिवेशन उद्घाटन कार्यक्रममा एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारीले मञ्चलाई सुझाव दिएका थिए ।

यसैगरी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयर पर्सन डा. थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भूमिराज घिमिरे, पीएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रबिन्द्र लम्साल, एनपीआरसीका अध्यक्ष नेत्र भट्टराई, व्यावसायी डा.पुणर् कँडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रिजल केसी लगायतले पनि आफ्ना भनाई राखेका थिए ।

अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई भर्चुअल प्लेटफर्म ‘जुम’ मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो ।

जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवद्र्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्लेलगायतको सहभागिता थियो ।


प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तब्य राख्दै अधिवेशनको औचित्यतामाथि प्रकाश पारेका थिए ।

शिशिर सिंखडा, टोरण्टो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments