सुरक्षा

गुण्डागर्दीबाट उदाएका सत्य लामा बैङ्किङ कसुर मुद्दामा पक्राउ

बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।

गुण्डागर्दीबाट उदाएका लामा पछिल्लो सयम बुद्धचित्त मालाको कारोबार गर्दै आएका छन् । उनी विरुद्ध सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

Lahachhap

फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होमबहादुर सुनुवारको स्वामित्वमा छ ।

खतिवडाले दिएको जाहेरीको आधारमा डाँका चोरी तथा लुटपाट मुद्दामा लामा सहित ४ जनाविरुद्ध सिन्धुली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्ने गरी ‘करार सम्झौता’ गरेको बताएका छन् ।

साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेका हुन् । लुटमा संलग्न पुष्पलाल दोङ सहितका अन्य आरोपी फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments