साउदी अरेबियामा अघिल्ला दुई वर्षको दाँजोमा सन् २०२४ मा तीन गुणा बढी संख्यामा विदेशीलाई मृत्युदण्ड

साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ ।

यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।

पछिल्लो मृत्युदण्ड शनिबार दक्षिणपश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ।

राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पुर्याएको छ ।

यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए ।

बर्लिनस्थित युरोपेली–साउदी मानवअधिकार सङ्गठन (इएसओएचआर) ले यस वर्षको मृत्युदण्डले रेकर्ड तोडेको बताएको छ ।

“यो एक वर्षमा विदेशीहरूलाई मृत्युदण्ड दिइएको सबैभन्दा ठूलो सङ्ख्या हो । साउदी अरेबियाले एक वर्षमा एक सय विदेशीलाई कहिल्यै मृत्युदण्ड दिएको थिएन”, समूहका कानूनी निर्देशक ताहा अल–हज्जीले भन्नुभयो ।

साउदी अरेबियाले मृत्युदण्डको प्रयोगका कारण निरन्तर आलोचनाको सामना गरिरहेको छ । यसलाई मानव अधिकार समूहहरूले यसको आफ्नो कठोर छवि नरम पार्ने र अन्तर्राष्ट्रिय पर्यटक र लगानीकर्ताहरूलाई स्वागत गर्ने प्रयासहरूसँग असङ्गत भएको भन्दै निन्दा गरेका छन् ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीलाई तेल–समृद्ध राज्य साउदी अरेबियाले मृत्युदण्ड कार्यान्वयन गरेको थियो ।

सेप्टेम्बरमा एएफपीले साउदी अरेबियाले सन् २०२२ मा एक सय ९६ र सन् १९९५ मा एक सय ९२ को अघिल्लो उच्च सङ्ख्यालाई उछिन्दै तीन दशकभन्दा बढीमा सबैभन्दा बढी मृत्युदण्ड दिएको रिपोर्ट गरेको थियो ।

त्यसबेलादेखि मृत्युदण्ड द्रुत गतिमा जारी छ र एएफपीको तथ्याङ्कअनुसार आइतबारसम्म यस वर्षका लागि कूल दुई सय ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

सबैभन्दा कमजोर

यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका छन् ।

त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना थिए ।

साउदी अरेबियाले सन् २०२२ मा लागुऔषध अपराधीहरूको मृत्युदण्डमा तीन वर्षको रोक समाप्त गरेको थियो र लागुऔषधसँग सम्बन्धित अपराधका लागि मृत्युदण्डले यस वर्षको सङ्ख्या बढाएको छ ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष अहिलेसम्म ९२ जनालाई मृत्युदण्ड दिइएको छ र तीमध्ये ६९ जना विदेशी छन् ।

कूटनीतिज्ञ र कार्यकर्ताहरूका अनुसार विदेशी प्रतिवादीहरूले प्रायः न्यायिक कागजातहरूमा पहुँच पाउने अधिकारसहित निष्पक्ष सुनुवाइका लागि उच्च बाधाको सामना गर्नुपर्छ ।

“विदेशीहरू सबैभन्दा कमजोर समूह हुन्”, इएसओएचआरका हज्जीले भन्नुभयो, “उनीहरू ठूला लागूऔषध व्यापारीहरूका पीडित मात्र नभई उनीहरूको पक्राउदेखि मृत्युदण्डसम्म विभिन्न उल्लङ्घनको शिकार पनि हुन्छन् ।”

साउदी अरब प्रमुख अपराधमा दोषी ठहरिएकाहरूको टाउको काट्ने कार्यका लागि कुख्यात छ । यद्यपि आधिकारिक वक्तव्यहरूले प्रायः मृत्युदण्डको विधि उल्लेख गर्दैनन् ।

लगातार मृत्युदण्डको उच्च सङ्ख्याले साउदी अरबका वास्तविक शासक, क्राउन प्रिन्स मोहम्मद बिन सलमानको वक्तव्यलाई कमजोर पारेको छ ।

उहाँले सन् २०२२ मा द एटलान्टिकलाई राज्यले हत्याका मामिला वा कुनै व्यक्तिले धेरै जीवनमाथि खतरा पुर्याएको अवस्थामा बाहेक मृत्युदण्ड हटाएको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

L’éblouissante aventure des casinos en ligne de Las Vegas

L’éblouissante aventure des casinos en ligne de Las Vegas

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance

अन्य न्यूजहरु

news

L’éblouissante aventure des casinos en ligne de Las Vegas

news

Glücksrausch in der Tasche mit der Casino Las Vegas App

news

Whispers of Fortune Unveiled in the Enchanted Clubhouse Casino

news

Clubhouse Casino Australia Unleashes a New Era of Gaming Elegance