काठमाडौं/ नगर विकास कोष
को कार्यकारी निर्देशक पदका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट ३ जना प्रतिस्पर्धि देखिएका छन् ।
कोषको कार्यकारी निर्देशक छनौट सिफारिस समितिको सचिवालयले प्रकाशन गरेको उम्मेदवारहरुको छनौट सूचनामा प्रतिस्पर्धाको लागि १५ जना रहेका छन् ।
यीनमा दिनेश त्रिपाठी, राजेश कुमार भोछिभोया र रिम प्रसाद हुमागाई रहेका छन् ।
प्रतिस्पर्धामा रहेका सबै जनाले कार्यपत्र प्रस्तुतीकरणको लागि विषयवस्तु (नेपाली भाषामा) बढीमा २५ वटा स्लाइडमा समेटनु पर्ने सूचनामा उल्लेख छ ।
यसरी प्रस्तुत प्रस्तुतीकरणको मूल्याङ्कन नगर विकास कोष कर्मचारी सेवाशर्त विनयमावली, २०६८ (संशोधित सहित) को अनुसूची- १२ बमोजिम हुने उल्लेख छ।
कोषले नगरपालिका क्षेत्रमा बसपार्क, पार्क, व्यवस्थित बजार व्यवस्थापन, नगरपालिका प्रशासकीय भवन, विद्यालय भवन, अस्पताल भवन, खानेपानी, व्यापारिक भवन लगायतका आयोजनाहरुमा लगानी गर्दै आइरहेको छ ।
जिल्लामा काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सुनकोशी पाँचखाल खानेपानी आयोजनामा कोषको सबैभन्दा बढी ऋण रहेको छ ।
कोषले नेपाल सरकार, विश्व बैङ्क, एशियाली विकास बैङ्क, जर्मन विकाश बैङ्क, जीआईजेड, यूएनसीडीएफ इयु डेलिगेसन टु नेपाल आदि विकास साझेदारको वित्तिय तथा प्राविधिक स्रोतबाट वित्तीय तथा प्राविधिक सहयोग परिचालन गर्दै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित