आज कात्तिक पूर्णिमाः नमोबुद्ध जात्रा, बौद्ध धर्मावलम्बीको ‘पितृ’ सम्झने मेला

कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन ।

ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान काभ्रेपालञ्चाेकको नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागिरहेको छ । श्रद्धालुहरुले हिजै रातीबाट दीप प्रज्वलन गरेर मेलाकाे सुरु गरिसकेका छन् ।

यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ ।

बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।

यो पनि पढ्नुहोस्ः

शुक्रबार नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको ‘पितृ’ सम्झने मेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments