राष्ट्रिय परीक्षा बोर्ड
ले २५ वर्षअघि अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुलाई मौका परीक्षा दिन पाउने अवसर दिएको छ । यसका लागि इच्छुकहरुले २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न भनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार मुलुकभर करिब १४ लाख यस्ता परीक्षार्थीहरु रहेको अनुमान छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् ।
पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने उल्लेख छ ।
उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् ।
कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् ।
यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित