‘डायलासीस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीद्वारा निर्देशन

तनहुँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गर्नुहुँदै उहाँले मेसिन खरीद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ ।”

छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उहाँले जानकारी गराउनुभयो । केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौँ ।”

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Boom Casino App der digitale Spielplatz für echte Gewinne

Boom Casino App der digitale Spielplatz für echte Gewinne

Oplev 1bet apk til uovertruffen sportsvæddemåloplevelse

Oplev 1bet apk til uovertruffen sportsvæddemåloplevelse

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा