कुकबुक ‘द मिस्टिक किचेन्स अफ नेपाल’ सार्वजनिक

काठमाडौँ / प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ ।

एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बृहत् पुस्तकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवर्द्धन गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको उल्लेख गर्नुहुँदै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि पुस्तक निकै महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

“पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्वपूर्ण भूमिका निभाउन सक्छ । यसका लागि लेख शाक्यको प्रशंसाको पात्र हुनुहुन्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संस्कृति पर्यटनको महत्वपूर्ण आयम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

पुस्तकका लेखक वैद्यले आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम यो पुस्तक भएको बताउनुभयो । अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यसअघि नै विमोचन भई बिक्रीवितरण भइरहेको छ । पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि उहाँले जानकारी दिनुभयो ।

यस पुस्तकमा व्यञ्जनको सांस्कृतिक र ऐतिहासिक महत्वबारे संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली ‘रेसिपी’ समावेश गरिएका छन् ।

काठमाडौँको भीडभाड सडकदेखि हिमालको शान्त फेद र तराईका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संस्कृतिलाई प्रवर्द्धन गर्ने जीवन्त स्वादको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको वैद्यको भनाइ थियो ।

पुस्तकमार्फत वैद्यले प्रसिद्ध नेपाली शास्त्रीय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकार र तिनीहरूरुको संस्कृतिक तथा ऐतिहासिक पक्षलाई सङ्ग्रहित गरिएको छ ।

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ‘ले कोर्डन ब्लु’ र ‘ओरेगन कुलिनरी इन्स्टिच्युट’जस्ता प्रख्यात शैक्षिक संस्थामा दुई दशकभन्दा बढी समय आबद्ध भएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्कृति र परिकार विधामा शिक्षा तथा प्रशिक्षण दिई योगदान गर्नुभएको त्यस अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments