काठमाडौँ / दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुहुने विभिन्न व्यक्तित्व सम्मानित हुनुभएको छ ।
समता फाउण्डेशन
द्वारा आज यहाँ आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, डा. चेतबहादुर परियार, डा. द्रोण रसाइली, डा. विष्णु परियार, डा.पूर्णबहादुर नेपाली, डा. इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा. रविना जी रसाइली, डा. विष्णुमाया परियार, डा. गङ्गाराम विश्वकर्मा, डा. श्याम परियार, डा. यामबहादुर किसान, डा. आइत विश्वकर्मा, डा. अमित परियार, डा. बुद्धि नेपाली, डा. रमेश सुनाम, डा. मित्र परियार, डा. निर्मलकुमार विश्वकर्मा र डा. श्री परियार हुनुहुन्छ ।
यसैगरी डा. कृपाराम विश्वकर्मा, डा. मोम विश्वकर्मा, डा. रमेश परियार, डा. दिनेश हरिजन, डा. रत्नबहादुर वाग्चन, डा. श्यामलाल मगराती, डा. अमरबहादुर विक, डा. नन्दलाल दर्नाल, डा. यामबहादुर विक, डा. रुद्रबहादुर चर्मकार र डा. पूर्णबहादुर विश्वकर्मा हुनुहुन्छ ।
कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार र पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उहाँहरुसहित वरिष्ठ अधिवक्ता नारायण नेपाललाई सम्मान गर्नुभयो ।
सोही अवसरमा राज्यमन्त्री विकले संविधानमा उल्लेखित दलित अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबैले आआफ्नो क्षेत्रबाट आवाज उठान अनुरोध गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष परियारले नयाँ पुस्तालाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वलाई सम्मान गरेको बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित