बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको बहिरंग सेवाका लागि आवश्यक भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु. तीन करोड ५० लाख सहयोग गर्ने भएका छन् ।
स्थानीय ७९ वर्षीय राजभाई प्रधानले आफ्नो आमाबुबाका नाममा बहिरंग भवनको दुई तलासम्म निर्माण गर्न उक्त परिमाणको रकम दिने भएका हुन् ।
अस्पताल परिसरभित्र निर्माण हुने भवनको आज एक कार्यक्रमकाबीच प्रधानका ९१ वर्षीया मामा तत्वराज वन्तले शिलान्यास गरेका छन् ।
आठ वर्षअघि नै अस्पतालका लागि भवन निर्माण गर्ने योजना बनाइए पनि नक्सा निर्माण एवं नक्सा पासलगायत प्राविधिक कारणले केही वर्ष ढिला भएको प्रधानले बताए ।
बनेपा नगर कार्यालयले भवन निर्माणको आवश्यक प्रक्रिया पूरा गरेलगत्तै भवन निर्माण काम सुरु गरिएको हो ।
बनेपा स्थायी घर भएको प्रधान हाल ललितपुर बस्दै आएका छन् । बाह्र हजार वर्गफिटमा बन्ने दुई तले उक्त भवन दुई वर्षमा पूरा हुने लक्ष्य राखिएको छ ।
पैसठ्ठी वर्षअघि बनेपामा स्थापित उक्त अस्पताल
काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो हो ।
शिलान्यास कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेश गोंगल, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा-५ का वडाध्यक्ष बलराम अधिकारी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगरलगायतले प्रधानको सहयोगको प्रशंसा गरेका थिए । रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित