कीर्तिपुर/ विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्रा डा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ ।
उहाँका मित्र प्रा.डा. उपेन्द्र कोइरालाले दिनुभएको जानकारीअनुसार सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उहाँको निधन भएको हो ।
उहाँमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गौलाले काम गर्न छोडेको थियो ।
विसं २००० को भाइटीकाका दिन जन्मनुभएका उहाँ विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहनुभएका थियो भने पछिल्लो समय उहाँ विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत हुनुहुन्थ्यो ।
हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित