साना बालबालिकाको हातमा कुनै खेलौना वा कुनै वस्तु दिएमा पहिले त्यसलाई खेल्न मुखमा हाल्ने प्रयास गर्छन् । यस्तो अवस्थामा कहिलेकाहीँ कुरा सानो भएमा बच्चाको घाँटीमा अड्किन्छ ।
साथै बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा, तिनीहरू टोकाइ कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले गर्दा खाना खाँदा अक्सर घाँटीमा खाना अड्किन सक्छ । त्यसैले, केही खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ ।
घाँटीमा केही अड्किएर श्वासप्रश्वास नलीमा कुनै वस्तु वा पदार्थ अड्किएमा श्वासप्रश्वासमा अवरोध आउँछ । यसले खोकी पनि निम्त्याउन सक्छ र गम्भीर अवस्थामा समेत पुर्याउन सक्छ । सामान्यतया खानाको टुक्रा बालबालिकाको घाँटीमा अड्किन सक्छ । यसरी बालबालिकाको घाँटीमा खानेकुरा अड्किए घरमै प्राथमिक उपचारको रूपमा के गर्ने भन्ने कुरा जान्नु जरुरी हुन्छ:
बच्चाको घाँटीमा खानेकुरा अड्किएको खण्डमा सबैभन्दा पहिले उसको मुख खोलेर जाँच गर्नुपर्छ , यदि खाना वा अड्किएको वस्तु देखिन्छ भने त्यसलाई सफा औंलाले बाहिर निकाल्ने कोसिस गर्नुपर्छ ।
बच्चाले ठूलो स्वरले खोक्यो भने उसको मुख वा घाँटीमा केही अड्किएको संकेत हुन सक्छ । कफ नबनेसम्म खोक्न दिनुपर्छ । यस्तो अवस्थामा कफसँगै अड्किएको कुरा पनि बाहिर निस्कन्छ ।
बच्चा अलि ठूलो पाँच वर्षभन्दा माथिको छ भने उसको पेटमा दुईवटा हातले कसेर समातेर झट्का दिनुपर्छ । यसो गर्दा अड्किएको खाना बाहिर निस्कन्छ ।
बच्चा सानो छ भने बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुपर्छ । त्यसपछि बच्चाको टाउको र घाँटीलाई सहारा दिनुपर्छ । बच्चाको पिठ्युँ र काँधको बिच भागमा हल्का रूपमा धाप मार्नुहोस्, यो प्रक्रिया दोहोर्याइरहनुपर्छ । यसले अड्केको चिजलाई बाहिर निकाल्छ ।
हत्केलाले बच्चाको पछाडिको काँधको बीचमा हल्का थपथपाउनुहोस् । यसो गर्दा अड्किएको कुरा हट्छ ।
बच्चाको घाँटीमा मात्र हैन कहिलेकाहीँ नाकमा पनि केही चिज अड्कन सक्छ । यस्तो अवस्थामा इयर बड्सको प्रयोग गरेर अड्किएको चिज झिक्ने कोसिस गर्दा झन् त्योभित्र पस्न सक्छ । त्यसैले, सिन्काको प्रयोग गरेर अड्केको चिज झिक्नुपर्छ ।
यी उपायहरू गर्दा पनि अड्किएको चिज निस्किएन भने बच्चालाई तुरुन्त अस्पताल पुर्याएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित