नेपाल संवत् ११४५ का अवसरमा काठमाडौँको जयवागश्वरी क्षेत्रमा आयोजित ‘भिन्तुना पदयात्रा’ को समुद्धाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिरः किरणराज विष्ट/ रासस
थप तस्विर हेर्नुहोस:
मौलिक पोशाकमा पाल्पाका नेवार समुदाय
नेपाल सम्बत् ११४५ को अवसरमा आज नेवाःदेय दबु रामपुर नगर समितिको आयोजनामा बेझाड बजारमा निकालिएको र्यलीमा मौलिक पोशाकमा सहभागी नेवारी महिलाहरु । तस्बिरः सुशीला रेग्मी/रासस
भिन्तुना सभामा धिमे बाजा बजाउदै
नेपाल संवत् न्हुद राष्ट्रिय समारोह समितिद्वारा शनिबार वसन्तपुरमा आयोजित न्हुँ द ११४५ या सलताया भिन्तुना सभाका सहभागी नेवारी समुदाय। तस्बिरः किरणराज बिष्ट/ रासस
लमजुङमा ‘टाकटुके’ नाच्दै
नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै । तस्बिर : जनक श्रेष्ठ / रासस
पोखरामा नृत्य प्रस्तुत गर्दै कलाकार
नेपाल सम्बत ११४५ का अवसरमा गगन नेवास् खल पोखरा महानगरपालिका ३२ द्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : वासुदेव पौडेल/रासस
संखुवासभामा शुभकामना पदयात्रा
नेपाल संवत् ११४५ नव वर्षको अवसरमा नेवाः देय दबु संखुवासभाले सदरमुकाम खांदबारीमा शनिबार बिहान आयोजना गरेको शुभकामना पदयात्रामा सहभागी । तस्बिरः सुजन बज्राचार्य÷रासस
मौलिक पोशाकमा सुर्खेतका नेवार समुदाय
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा नेवाः देय् दबु सुर्खेत आयोजना गरेको पदयात्रामा मौलिक पोसाकमा सजिएका नेवार समुदाय । तस्बिरः सुरेश आचार्य÷रासस