काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात यम पञ्चकका अवसरमा आज गाई पूजा गर्नुभएको छ ।
कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिनुभएको हो ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ ।
तिहार अर्थात यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित