स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका छन् ।

“विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प्रारम्भिक मृत्यु सङ्ख्या ५१ रहेको छ भने थुप्रै मानिसहरू सम्पर्कमा नआएकाले मृत्यु सङ्ख्या थप वृद्धि हुनसक्ने देखिएको छ,”

क्षेत्रीय आपतकालीन सेवाहरूले एक्समा जारी सन्देशमा भनिएको छ । प्रभावित क्षेत्रमा मृतकका आफन्तहरूको सहयोगमा शवहरूको पहिचान भइरहेको छ।

बाढी र डुबानका कारण कारहरू सडकमा बगेका छन् भने एउटा रेल पटरीबाट खसेको छ र घर र भवनहरूमा क्षति पुगेको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रका अधिकारीहरूले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक बाहेकका सबै यात्राबाट जोगिन सल्लाह दिएका छन्।

भ्यालेन्सिया क्षेत्रमा मारिएकामा बालबालिका पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments