विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ

काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख रुपैँया ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ एक करोड २८ लाख रुपैँया लिएर फरार भएका थिए ।

आचार्यले भन्नुभयो, “कार्यालयमा जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments