ललितपुर। जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ ।
चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु ५० लाख र अन्तिम दिनमा रु २८ लाखको कारोबार भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित