बाढीपहिरोले क्षति पुर्याउँदा सुनकोशीको पानी पाँचखालको घर–घरमा आउने समय फेरि पर धकेलियो



यदि सबैकुरा ठीकठाक चलिरहेको हुन्थ्यो भने यतिखेर सुनकोशीको पानी सोझै पिउन मिल्ने गरी पाँचखाल उपत्यकाका धाराहरुमा झरिरहेको हुन्थ्यो ।

तर, नसोचेको विपद्ले तम्तयारी अवस्थाको खानेपानी आयोजनाको संरचनाहरुलाई क्षतविक्षत बनाएको छ । गत असोज १० देखि १२ सम्मको अति भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरोले धेरै ठाउँमा पाइपलाइनहरु ध्वस्त पा¥यो । जसले गर्दा सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिले पूर्व निर्धारण गरेको समय अर्थात् बडादशैंकै छेकामा धारामा खानेपानी झार्नेे योजनामा तुषारापात हुन पुग्यो ।

लामो समयदेखि खानेपानीको चरम अभाव झेलिरहेका थिए पाँचखाल नगरवासीले । त्यही समस्याबाट राहतका लागि सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिले ‘नगर गौरव’ योजनाका रुपमा २०७७ सालबाटै खानेपानी आयोजनाको निर्माण कार्य गर्दै आएको हो ।

भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार र त्यहाँबाट लिफ्टिङ गरी पाँचखालभित्र खानेपानी उपलब्ध गराउने लक्षले आयोजना निर्माण भइरहेको हो । प्रतिसेकेन्ड ८४ लिटरका दरले दैनिक २० घन्टा पानी लिफ्ट गरेर तान्ने र वितरण गर्ने योजना बनाएको छ ।

एशियाली विकास बैंकको ऋणसहयोगमा सञ्चालित शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते अढाई वर्ष (२०७९ माघ महिना)मा निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । तर, कोरोना महामारी, मेलम्चीको बाढीलगायतका अन्य कारणले पटक–पटक म्याद थप हुँदासमेत निर्माण कार्य पुरा हुन सकेको छैन ।

Lahachhap

समिति अध्यक्ष कुमारप्रसाद लामिछानेका अनुसार यस पटकको बडादशैंमा केही धाराहरुमा पानी झार्ने र बाँकी सबै धारामा मंसिरभित्रमा पानी झार्ने गरी पछिल्लो समय निर्माण व्यवसायीले ‘वर्क सेड्यूल’ सहित काममा तीव्रता दिएको थियो ।

‘२०२४ अक्टोबर ९ तारिख(२०८१ असोज २३ गते) सम्म ठेक्का सम्पन्नको अन्तिम म्याद थियो । दशैंमा केही धारामा पानी झार्ने र बाँकी मंसिरसम्म सक्ने शर्तमा म्याद थपका लागि सहमति दिएका थियौं । तर, असोज १० देखि १२ सम्मको पानी अनि बाढीपहिरोलो हाम्रो सबै योजना नै चकनाचुर बनायो’, खानेपानीको मुहान रहेको भुम्लु–१०, सुनकोशी बगरमा भेटिएका उनले सुनाए ।

आयोजना निर्माण सुपरिवेक्षण परामर्शदाता इन्जिनियर अशोकराज अधिकारीका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ९७ दशमलव २ प्रतिशत, आर्थिक प्रगति ९९ दशमलव ४१ प्रतिशत भएको छ । हालसम्म निर्माण व्यवसायीले २६ औं आइपीसीबाट १ अर्ब १८ करोड रुपैंया भुक्तानी लगिसकेको छ । आयोजनाको ३ पटक भेरिएसन अर्डर हुँदा निर्माण लागतसमेत बढेको छ । बाढीपहिरोबाट करीब पौने २ करोड रुपैंयाको क्षति पुगेको छ ।

Lahachhap

एशियाली विकास बैंकले शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनालाई डिसेम्बर २०२४ बाट सक्दैछ । त्यही भएर समितिलाई आयोजनाको काम चाँडोभन्दा चाँडो सक्नु पर्ने बाध्यता रहेको छ । तर, निर्माण व्यवसायी कन्काई बिल्डर्स् र चिनियाँ कम्पनी हुवासे (जेभी) ले बाढीपहिरोले क्षति पुर्याएको संरचनाको निर्माण गर्नु पर्ने काम थपिएको हुँदा ९ महिनाको म्याद थप मागेको छ ।

निर्माण व्यवसायीको आयोजना व्यवस्थापक इन्द्रमानसिंह बस्नेतका अनुसार पहिरोले क्षति पुर्याएको डिआई पाइपलगायतका सामग्री मुलुकबाहिरबाट खरीद गर्नु पर्ने भएकाले ३ महिना यसैमा लाग्ने भएको दावी गर्छन् । यस्तै, पाइपलाई अड्याउन आवश्यक सपोर्ट ब्लकहरु बनाउनै ३ महिना र वितरण लाइनको कामसमेत सक्न थप ३ महिना लाग्ने भएर ९ महिनाको म्याद थप मागेको उनको भनाई छ ।

‘वाटर ट्रिटमेन्ट प्लान्टबाट पाँचखाल बजारसम्म ल्याइएको ब्रान्च ट्रान्समिसन पाइपलाइन क्षति भएको छ । यसमा प्रयोग भएको डिआई नेपाली बजारमा पाइन्न । बाहिरबाटै किन्नु पर्छ । त्यस्तै, पहिला पाइप गाडिएको क्षेत्रलाई पहिरोले बगाएको छ । त्यही ठाउँमा पाइप गाड्न सम्भव हुन्न । अब अर्को क्षेत्रबाट लैजानु पर्छ । ४८ ठाउँमा सपोर्ट ब्लकहरु बनाउने, डिष्ट्रिव्यूसन लाइनको कामसमेत बाँकी भएकाले यत्तिको अवधि मागिएको हो’, उने प्रष्ट्याए ।

Lahachhap

आयोजना निर्माण सुपरिवेक्षण परामर्शदाता ई. अधिकारी भने निर्माण व्यवसायीले जति माग्यो त्यति नै समय थप्न नसकिने तर्क राख्छन् । ‘यसै पनि आयोजनाको पटक–पटक म्याद २० महिना थप भइसकेको छ । आयोजना व्यवस्थापन कार्यालय (पिएमओ)ले काम छिटो सक्न ताकेता गरिरहेको छ । निर्माण व्यवसायीले अब किस्ताबन्दीमा काम गर्ने होइन, धेरै कामदारहरु राखेर, ठाउँ ठाउँमा काम गर्दै काम सक्नुपर्छ । त्यही भएर हामीले पिएमओमा ४ महिनाको म्याद थप गरिदिन सिफारिश गरेका छौं’, उनले थपे ।

खानेपानी आयोजनाले पाँचखाल नगरपालिकाका १० वटा वडाका ६ हजार घरधुरीका करीब ३१ हजार व्यक्तिलाई घरघरमै स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष राखेको छ । २० वर्षसम्मको माग धान्न सक्ने गरी डिजाइन गरिएको छ ।

पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का ६ हजार ३७ घरधुरीका नागरिक लाभान्वित हनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति १ सय ९२ दशमलव ०५ लिटर प्रशोधित पानी उपलब्ध हुने उल्लेख छ । सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने समेत प्रक्षेपण गरिएको छ ।

भुम्लु–१० स्थित सुनकोशी नदी किनार बिमिरेमा ६ वटा इनार, ४/४ लाख लिटर क्षमताको दुई वटा पानी संकलन ट्यांकी, ३ लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, दश नयाँ वितरण ट्यांकी, ६ वटा ब्रेक प्रेशर ट्यांकी तथा १५ वटा पाले घर निर्माण भइसकेको छ ।

Lahachhap

५ वटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, ५ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय १३ किलोमिटर पाइप लाइनको काम पनि सम्पन्न भएको छ ।

त्यस्तै कुल ६ हजार ३७ धारामध्ये हालसम्म तीन हजार दुई सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्र निर्माणका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको छ । २४ वटा पानी तान्ने पम्प जडान, सातमध्ये पाँच बिजुलीको ट्रान्सफर्मर जडान, इन्टेकदेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ । बाढीपहिरोले यतिखेर सबै हाइटेन्सन लाइन बगाएको छ ।

निर्माण व्यवसायीलाई ठेक्का दिँदा १ अर्ब ३४ करोड १० लाख ६५ हजार ६३७ रुपैंयाको सम्झौता भएकोमा पटक–पटकको भेरिएसनबाट आयोजनाकोे लागत १ अर्ब ४९ करोड रुपैंया पुगेको छ ।

सम्झौताअनुसार एशियाली विकास बैंक, नेपाल सरकारको बजेट, नगर विकास कोषको ऋणसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड ५ लाख ५ हजार तीनसय रुपैंयाबापत ६ हजार ३७ घरधुरीले १८ हजार रूपैयाँका दरले रकम बुझाइसकेका छन् । २ सय १४ उपभोक्ताले त सहकारीबाट संस्थाबाट ऋण लिइ रकम बुझाएका उपभोक्ता समितिले जनाएको छ ।

हेर्नुहोस थप फोटोहरुः

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn