चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन पर्याप्त मात्रामा भएको दाबी गर्दै भारतबाट दूध आयात हुन नदिन अनुरोध गरेका छन् । कृषि मन्त्री नेपाल नभएको अवस्थामा दूध आयात खोल्न लागेको भन्दै समाचार सार्वजनिक भएपछि उनीहरूले आक्रोश जनाएका थिए ।
दुग्ध किसानसहित अन्य किसानका कुरा सुनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफूले भारतबाट दूध निर्यात गर्ने भन्ने कुराबारे केही जानकारी नपाएको दाबी गरेका छन् ।
‘मैले पनि पत्रिकामा समाचार देखेर भारतबाट दूध आयात गर्ने भन्ने सुनेको हो’, मन्त्री अधिकारीले किसानहरूका जिज्ञासाको जवाफ दिँदै भने, ‘म हिजो अस्ति बेलुकी रोमबाट आएको हो । हिजो बिहान बिरामी भेट्न गएँ, पशुपति गएँ । त्यसपछि मन्त्रालयको टेबुलमा आएको पत्रिकामा समाचार देखेँ । प्रधानमन्त्रीलाई भेटेँ । उहाँले समाचार कहाँबाट आयो जानकारी छैन भने । यो मुलुकको कृषि मन्त्रीको जिम्मेवारी निभाएको मान्छे म हुँ । मलाई जानकारी छैन । मैले सम्हालेको मन्त्रालयको तर्फबाट त्यो कमजोरी हुँदैन’ कृषि मन्त्री अधिकारीले आश्वस्त पार्नु भयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित