रोटरी डिष्ट्रिक्ट ३२९२ ले सातै प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ अभियान सञ्चालन गर्दै

रोटरी डिष्ट्रिक्ट ३२९२ ले सातै प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा अक्टोवर २४ तारिखका दिन उपत्यकासहित ७ प्रदेशमा ‘पोलियो अब अन्त्य गरौँ’ विशेष अभियान सञ्चालन गर्ने सम्बन्धमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

२४ तारिखको दिन विहान साढे ६ बजे ललितपुरको जावलाखेलबाट वृहत साइकल र्याली गरिने भएको छ । सो साइकल र्यालीको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट हुने रोटरीले जनाएको छ ।

देशका विभिन्न शहरमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र सोही दिन साँझ धरहरा लगायत अन्य शहरका टावर तथा व्यापारिक भवनमा ‘इण्ड पोलियो नाउ’ लेखिएको आकर्षक सन्देश प्रदर्शनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् । तर हामी सधै सचेत बनिरहनुपर्छ । पछिल्लो समय काठमाडौंको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो । यसकारण पनि हामी सधै सचेत भइरहनुपर्छ ।

यसका लागि ५ वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियो बिरुद्धको खोप लगाउन अति जरूरी छ ।

यस कार्यका लागि रोटरी नेपालले नेपाल सरकारसँग नजिक रहेर काम गर्दै आइरहेको र आगामी दिनमा समेत सँगै काम गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments