बाढीपहिरो प्रभावित जिल्लामा रेडक्रसको तीन करोडभन्दा बढीको गैरखाद्य राहत सामग्री र ८ सय ७४ स्वयंसेवक

बाढीपहिरो प्रभावित जिल्लाहरुमा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरबाट हालसम्ममा तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको नेपाल रेडक्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको छ ।

आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको छ ।

आइएफआरसीका महासचिव जगन चापागाईँले असोज १०, ११ र १२ गतेको बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत ९ करोड रुपैंयाको सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

यस्तै, नेपाल रेडक्रसले हालसम्म तीन आठ सय १७ परिवारलाई दुई करोड २७ लाख रुपैंया बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको जनाएको छ भने आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धारकार्यमा परिचालित भएका उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments