काभ्रे बारको अध्यक्ष चुनिए हरिशरण

काभ्रेपलान्चोक जिल्ला बार इकाईको अध्यक्षमा हरिशरण दाहाल निर्वाचित भएका छन् । उनि प्रतिस्पर्धी जयराम थापालाई १ भोटले हराउदै काभ्रेका वकिलहरुको नेता चुनिएका हुन् ।

एमालेनिकट दाहालले माओवादी, बैद्य समुह जस्ता राजनीतिक आस्था बोकेका अधिवक्ताको साथ पाएका थिए। दाहाललाई थापा प्यानलमा नअटाएका र विद्रोहमा उत्रेका काँग्रेसनिकट सदस्यहरुको समेत समर्थन मिलेकाले कडा प्रतिस्पर्धासहित प्यानलबाट अधिकांश निर्वाचित हुने अवसर मिलेको हो।

अध्यक्ष दाहालसंगै उपाध्यक्षमा निरोजप्रसाद नेपाल, सचिवमा नारायणध्वज तामाङ, सहसचिवमा लालतारा अधिकारी, कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी निर्वाचित भएका छन्। काभ्रे बार इकाई निर्वाचन समितिका अनुसार जिल्ला सदस्यहरुमा सुरज तिमल्सिना, दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, उमा थापा, राजकुमार गौतम, रमिता मानन्धर, महेन्द्र तामाङ निर्वाचित भए। सदस्य निर्वाचित मानन्धर र तामाङ जयराम थापा समुहबाट चुनावी प्रतिस्पर्धामा थिए।

त्यस्तै पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, कुमार थापा, रामप्रसाद मानन्धर निर्वाचित भएका छन्। इकाईका पुर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा प्रदिप सापकोटा र प्रतिभा खत्रीको समितिले निर्वाचन गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments