काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौँ मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन । कलेजले नियमविपरीत शुल्क लिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

चिकित्सा शिक्षा ऐनअनुसार इन्टर्नसिप विद्यार्थीलाई मेडिकल कलेजले तलब दिनुपर्ने व्यवस्था भए पनि कलेजले इन्टर्नसिपको नाममा दुई लाख असुलेको भन्दै विद्यार्थीहरुले कलेजको आकस्मिक कक्षअगाडि प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनरत छन् ।

सो कलेजको एमबिबिएस २०१८ ब्याचका विद्यार्थी यसरी आन्दोलनमा उत्रेका हुन् । उनीहरूले नियमविपरीत विभिन्न शीर्षकमा मेडिकल कलेजले चर्को शुल्क लिएको आरोप लगाएका छन । मेडिकल कलेजले सामुदायिक फिल्ड भिजिटको नाममा चार लाख ८० हजार शुल्क लिएको बताएका छन ।

एक जना विद्यार्थीबाट विभिन्न शीर्षकमा ८८ लाख शुल्क लिएको र कलेजले परीक्षा शुल्क भनेर छुटटै शुल्क लिन नपाउने व्यवस्था भए पनि शुल्क लिएको विद्यार्थीको दाबी छ । भिजिटमा शुल्क लिन नपाउने व्यवस्था रहे पनि लाखौँ रुपियाँ लिनु गलत भएको उनीहरूको भनाई छ ।

आन्दोलनरत विद्यार्थीले विद्यार्थीले कानुनविपरीत शुल्क लिएको भन्दै शुल्क फिर्ताको माग गर्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनु परेको बताएका छन् । यो कलेज काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments