शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरातर्फ लगिएको छ ।
लामिछानेकै अनुरोधमा उनलाई गाडीमा पोखरा लैजान लागेको प्रहरीले जनाएको छ। भोलि शनिवार सार्वजनिक बिदा परेकाले आइतबार लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गर्ने तयारी रहेकोछ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नुअधि सभापति लामिछानेले संक्षिप्त सम्बोधनमार्फत ‘आफुले अदालतको सम्मान गर्ने, तर सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भनेका थिए।
पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरे लगत्तै पार्टीका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन्। उपस्थित समर्थक एवं कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार विरुद्ध नाराबाजी गरेका हुन्।
पक्राउ परेपछि पार्टी कार्यकर्ता एवं समर्थकलाइ उनले ‘राजनीतिक पूर्वाग्रहबिरुद्द डटेर लाग्न’ समेत निर्देशन दिएका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित