काभ्रे कांग्रेस बाढी पहिरोमा ज्यान गुमाउने सबैको परिवारमा पुग्ने

नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ ।

शुत्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गर्न र अवस्था बुझ्न १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नै पुग्ने निर्णय गरेको हो ।

‘यसअघि उद्धार, राहत र सहयोग लिएर सम्बन्धित पालिकामा हामी, पार्टीका साथीहरु र भातृ संगठनहरु पुगिसकेका छौं, मृतक सबैका परिवारलाई समवेदना दिन र अवस्था बुझ्न जिल्ला कार्यसमिति र पार्टीका नेता कार्यकर्ताहरु अनिवार्य जाने निर्णय गरेका छौँ’, निर्णय सुनाउँदै जिल्ला सभापति तीर्थ लामाले भने । उनका अनसार, जिल्लाका पदाधिकारी, नेताहरु १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा पुग्नेछन् भने जिल्ला सदस्यहरु सम्बन्धित भूगोलमा ज्यान गुमाउनेका परिवारमा अनिवार्य पुग्नुपर्नेछ । उनीहरुले समवेदना प्रकट गर्नुका साथै आवस्यकताका आधारमा सहयोग पनि गर्नेछन् ।

बैठकले बाढी र पहिरो प्रभावित काभ्रेका १३ वटै स्थानीय तहलाई विपद संकटग्रस्त पालिका घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विपद प्रभावित काभ्रेमा खानेपानी, सडक पूर्वाधारको समस्या भएको भन्दै कांग्रेसले तत्कालको लागि अनुदान पठाउन पनि माग गरेको छ । विपदपछिको उद्धार, राहतमा खटिने पार्टीका नेता कार्यकर्ता र सम्बद्ध सबैमा कांग्रेसले आभार पनि प्रकट गरेको छ ।

बैठकले पार्टीमा रिक्त पदहरु पुर्ति गर्न, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका भातृ संगठनलाई पूर्णता दिई चलायमान गर्न निर्देशन दिने र काभ्रे–काठमाडौं सम्पर्क समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments