६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का सम्मानित भएका छन ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा तामाङबाट जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का सम्मानित भएकी हुन ।
गत असोज ११ र १२ गते पारेको अविरल वर्षाका कारण समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याउनु भएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
त्यस्तै उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी सम्मानित भए ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा गिरीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित