मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छ जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ हिजोदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ ।
यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवको उद्धार गरिएको हो ।
उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिए । यात्राको पहिलो दिन सोमबार १० जना सडक आश्रित मानवको उद्धार गरिएको उनले बताए ।
उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित