अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता जर्मन भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ ।
“उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।”जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।
बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उहाँले उक्त भ्रमण रद्द गर्नुभएको थियो ।
अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित