कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उहाँका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ । बैठक १८ अक्टोबर सम्म सञ्चालन हुने जनाइएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उहाँले जानकारी दिनुभयो ।
नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित