बडा दशैंको टीकाः कुन देशमा कति बजे थाप्दा उत्तम साइत?

विश्व ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिको प्रधान कार्यालय काठमाडौं अन्तर्गतको अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले कुन देशमा कति बजे बडा दशैंको टीका लगाउन उत्तम साइत भनेर समय निर्धारण गरेको छ ।

समितिले नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाईल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिङ्गापुर, हङकङ, साउदी अरेबिया, माल्टा, म्यानमारका ‘टाइम जोन’ अनुसार कहाँ कति बजे टीका लगाउनु उत्तम साइत हुने भनेर गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो ।

जस अनुसार अधिकांश देशमा १२ अक्टोबरमा र केहीमा १३ अक्टोबरमा साइत जुरेको छ ।

उक्त शुभ साइत टीकाका निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको र सो दिन आफ्नो अनुकूल समयमा टीका लगाउन सक्नुहुने पनि समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने शनिबार बिहान ११:३६ बजेको नेपालमा साइत उत्तम रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments