माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा छलफल गरेको हो ।
भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण रहेको अध्यक्ष खनालले बताएका छन् ।
सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरेकी थिइन् ।
भेटबारे राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक एक्समा पनि उल्लेख गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित