‘सुशासन प्रवर्द्धनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।

आज तराई विकास तथा सञ्चार केन्द्रले यहाँ आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१ को शुभकामना आदानप्रदानमा बोल्दै मुख्य सचिव अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सुशासन प्रवर्द्धन तथा नीति निर्माण तहमा हाम्रो भूमिका सकारात्मक छ । अहिले सञ्चार माध्यममा आएका कुरा पाठकले झट्टै विश्वास गर्ने भएकाले सुशासन प्रवर्द्धनमा कलम चलाएको खण्डमा हामीलाई अझ सहज हुन्छ ।”  

मुख्य सचिव अर्यालले प्राविधिक तथा वातावरणीय परीक्षणविना ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकलगायतका संरचनाका कारण यसपटक बाढीपहिरोबाट ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको उहाँको भनाइ थियो । 

यसैगरी दसैँ, तिहार लगायतका मुख्य चाडपर्वका समयमा केही वर्गले दैनिक उपभोग्य वस्तुमा महँगी बढाउने, गाडीको भाडा दोब्बर बढाउने गरेको गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

यसैगरी बाढीपहिरोका कारण क्षति पुगेका ठाउँमा कमाण्ड पोष्ट खडा गरेर सडक सञ्चालन भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । सडक खुलाउने काममा खटिएका टिमलाई दसैँको टीकाको दिनबाहेक अन्य दिन बिदा नदिने निर्णय भएको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्यले सुशासन प्रवर्द्धनको अनुभूति हुने काममा सरकारले जोड दिनुपर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news