बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । 

राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी) का अनुसार मैमनसिंह, शेरपुर र नेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो ।

 केन्द्रको  पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्म बाढीमा चार पुरुष र दुई महिलासहित छ जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार बाढीले मानव जीवन, भौतिक सम्पत्ति तथा र बालीनालीलाई ठूलो क्षति पुर्याएको छ ।

बाढी प्रभावित जिल्ला शेरपुरमा बाढीको स्थिति केही सुधार भए पनि नेर्तोकोना र मैमनसिंहका केही भागमा बाढीको अवस्था बिग्रँदै गएको जनाइएको छ । बाढीको प्रभाव बढ्दै जाँदा जमिनको ठूलो भूभाग डुबानमा परेको छ ।

  बङ्गलादेश र यसको वरपरका सीमावर्ती उत्तरपूर्वी भारतीय क्षेत्रहरूमा भारी वर्षापछि अक्टोबर ४ मा सुरु भएको वर्षापछिको बाढीबाट दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।

  मैमनसिंह डिभिजनका वरिष्ठ अधिकारी ओम्मी सलमा तान्जियाले जिल्लामा समग्र बाढीको अवस्थाा सुधार भए पनि हजारौँ परिवार अझै पनि आश्रयमा रहेको र शेरपुर सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा देखापरेको बताउनुभयो ।

उहाँका अनुसार सीमावर्ती जिल्लाका केही क्षेत्रहरू अझै पनि सडक सञ्जाल प्रभावित हुँदा टाढा–टाढाका प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन असहज भइरहेको छ ।

 बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सोमबार जारी गरेको बाढी बुलेटिनमा स्थानीय जिन्जिराम नदी र सोमेश्वरी नदी खतराको निशानभन्दा माथि बगिरहेको देखाएको छ ।

अधिकारीहरूले उद्धार तथा राहत सामग्री वितरण गर्न र बाढी प्रभावित मानिसहरूले शरण लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिक्रियाको टोली पठाएका छन् ।

 यसअघि अगस्टमा आएको बाढीले बङ्लादेशको पूर्वी क्षेत्रका कृषि, पूर्वाधार र अन्य क्षेत्रहरूमा एक खर्ब ४४ अर्ब २१ करोड टाका क्षति पुर्याएको थियो । दक्षिणपूर्वी बङ्गलादेशमा बाढीबाट कम्तीमा ५६ लाख मानिस प्रभावित भएका छन भने ५२ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

अन्य न्यूजहरु

news

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

news

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

news

Transforme sua sorte com o código de bônus 1bet e vença hoje