काभ्रे – काभ्रेको पनौतीमा खेतको आली छेउमा एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मंगलबार बिहान ६ः१५ बजेको समयमा काभ्रेको पनौती नगरपालिका वडा नं ४ स्थित दुधमिल पछाडि खेतको आली छेउमा एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ११ का सल्ले घर भइ हाल जिल्ला काभ्रे पनौती नगरपालिका वडा नं ४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने अन्दाजी वर्ष ३५/४० की शान्ति तामाङ रहेको भनी उनका छोरा वर्ष १५ को सञ्जय तामाङले जानकारी गराएका थिए ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित